काठमाडौं । किशोरीहरुलाई ललाइ-फकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–१ यार्सा बस्ने २४ वर्षीय कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका–१२ बस्ने ४६ वर्षीय वकिलबहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपलिका–५ बस्ने ४५ वर्षीया मैमीकुमारी सार्की छन्। उनीहरुलाई बर्दिया प्रहरीले बर्दिया बढैयाताल गाउँपालिका–८ कर्णालीपुलबाटे प्रहरीले पक्राउ गरेको हो।…