गणेश बेल्बासे ‘संगम’, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ मा अवस्थित जलजला बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले देउसी भैलोबाट संकलित रकमबाट लाहापे झोलङ्गे पुल देखि स्कुलसम्म गाउँको सडकमा बत्ती जडान गरेका छन् । विद्यार्थीहरूले देउसी भैलोबाट संकलित रकमबाट सामाजिक कार्यमा लगाएर समाजको विकास सँगै सकारात्मक सन्देश फैलाउन सडकको पोलमा बत्ती जडान गरेको जनाएको छ…