३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

पशुपतिनगर । इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ। उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करिब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ। रासस