९ माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

मिर्गौलापीडित पुतलीलाई पाँच लाख सहयोग



स्याङ्जा ।

स्याङ्जाको वालिङ नगरपालिका–१० भकुण्डेकी मिर्गौलापीडित पुतली केसीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । ७२ वर्षीया केसीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको उपचारका लागि सहयोग गर्ने उद्देश्यले सोही स्थान घर भई हाल हङकङमा बस्दै आउनुभएका धनु थकाली पुरनले ‘पुतली बचाउ अभियान’ मार्फत देश तथा विदेशमा सङ्कलन भएको रकम हस्तान्तरण गर्नुभएको हो ।

अभियानबाट सङ्कलन भएको रु पाँच लाख १३ हजार ६६२ को स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाको चेक मिर्गौलापीडित केसी र निजकी छोरी कृष्णाकुमारी राईलाई प्रदान गरिएको उक्त अभियानका टीकराज गुरुङले बताउनुभयो ।

केसीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि पोखरामा हप्ताको दुई पटक डायलासिस गराउँदै आउनुभएको छ । “केसीको डायलासिसमा धेरै खर्च लाग्ने भएपछि हामीले सामाजिक सञ्जालमार्फत यो अभियान सञ्चालन गरेका हौँ”, अभियानकर्ता टिकराज गुरुङले भन्नुभयो ।

प्रकाशित मिति : १६ कार्तिक २०७५ शुक्रबार ००:००  ६ : ४८ बजे