काठमाडौं, मंसिर १७ । निर्वाचन आयोगद्वारा सञ्चालित ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एउटैमात्र पार्टीसँग सम्वन्धित प्रश्न सोधिएकाले एमालेले त्यो कार्यक्रम प्रति आपत्ति जनाएको हो । अभिनेता राजेश हमालद्वारा प्रस्तुत गरिएको क्विजमा निर्वाचन आयोगले नेपाली कांगे्रसका उम्मेदवारको प्रचार गर्ने नियतसहित ‘तीन २ उमेद्वार कहाँबाट उठेका छन्’ भन्ने प्रश्न राखेको एमालेले जनाएको छ…