काठमाण्डाै । सरकारले साउन महिनाभर राष्ट्रिय डेङ्गी सचेतना अभियान सञ्चालन गर्ने भएको छ । लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना अभिवृद्धिको लक्ष्यसहित सरकारले एक महिने अभियान घोषणा गरेको हो । मन्त्रालयले आज आयोजना गरेको अभियान घोषणा कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा वर्षेनि झन्डै ५० हजार जनामा डेङ्गी सङ्क्रमण हुने गरेकोले समुदायस्तरमा अभियान…