वाणगंगा, पिपरा – हिन्दू धर्मावलम्बीहरूको महान धार्मिक महत्व बोकेको श्रावण महिनाको अवसरमा वाणगंगा–२, पिपरास्थित प्रसिद्ध प्रकटेश्वर महादेव मन्दिरमा प्रत्येक सोमबार संगीतमय भजन किर्तन तथा विशेष पूजा–आराधना आयोजना हुने भएको छ। प्रकटेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले श्रावण महिनाभर विशेष पूजाआजा, जलार्पण तथा साँझ ८ बजेपछि संगीतमय भजन किर्तनको आयोजना गर्ने निर्णय…