१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

७३ जिल्लाका १९ सयभन्दा धेरैलाई डेङ्गी सङ्क्रमण

काठमाण्डौ ।लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७३ जिल्लाका १ हजार ९ सयभन्दा धेरैमा डेङ्गी सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा ४६४, बागमतीमा ४४१, कोशीमा ३५३, लुम्बिनीमा ३०५, सुदूरपश्चिम प्रदेशमा २६८, कर्णालीमा ३६ र मधेश प्रदेशमा ३४ जनामा डेङ्गी देखिएको महाशाखाले जनाएको छ…