४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

श्रावण महिनाभर प्रकटेश्वर मन्दिर पिपरामा संगीतमय भजन किर्तन



वाणगंगा, पिपरा – हिन्दू धर्मावलम्बीहरूको महान धार्मिक महत्व बोकेको श्रावण महिनाको अवसरमा वाणगंगा–२, पिपरास्थित प्रसिद्ध प्रकटेश्वर महादेव मन्दिरमा प्रत्येक सोमबार संगीतमय भजन किर्तन तथा विशेष पूजा–आराधना आयोजना हुने भएको छ।

प्रकटेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले श्रावण महिनाभर विशेष पूजाआजा, जलार्पण तथा साँझ ८ बजेपछि संगीतमय भजन किर्तनको आयोजना गर्ने निर्णय गरेको हो।

कार्यक्रम संयोजक डिल्लीराज खनालले सम्पूर्ण श्रद्धालु, भक्तजन तथा धार्मिक आस्थावान व्यक्तिहरूलाई मन्दिर परिसरमा सहभागी भई मनको शान्ति, आत्मिक सन्तोष र पूण्य लाभ लिन अनुरोध गर्नुभएको छ।

श्रावण महिनाभर सोमवारका दिन विशेष महत्त्व राख्ने हुँदा मन्दिरमा दर्शनार्थी र भक्तजनहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ। भक्तजनले जलार्पण गर्दै भगवान शिवको आराधना गर्ने, भजन किर्तनमा सहभागी भई आध्यात्मिक ऊर्जा प्राप्त गर्ने अवसर पाउनेछन्।

स्थानियस्तरमा मात्र नभई छिमेकी क्षेत्रका श्रद्धालुहरू पनि हरेक वर्ष यो कार्यक्रममा सहभागी हुने गरेका छन्। यस वर्षको तयारी थप व्यवस्थित र भव्य बनाउने उद्देश्यसहित मन्दिर समितिले पूर्वतयारीलाई तिव्रता दिएको छ।

प्रकाशित मिति : ३० असार २०८२ सोमबार ००:००  ८ : ०४ बजे