काठमाण्डौ । फेब्रुअरी महिनामा महिनामा ९६ हजारभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डका अनुसार यस महिना ९६ हजार आठ सय ८० पर्यटक नेपाल भित्रिएका हुन् । पर्यटकको यो सङ्ख्या गएको वर्षको यसै अवधिको तुलनामा कम हो । सन् २०२४ को फेब्रुअरीमा ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका थिए ।…