काठमाण्डौ ।परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा सहभागी हुने क्रममा नयाँ दिल्लीमा रहनुभएका उहाँहरूबीच आज भेटवार्ता भएको हो । भेटघाटका क्रममा नेपाल–युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री राणाले…