६ असार २०८३, शनिबार | Sat Jun 20 2026

नेपालका अवसर छाडेर हाम्रा युवा विदेश जानु राम्रो होइनः प्रधानमन्त्री



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै अवसर हुँदाहुँदै पनि युवाहरू बाहिर देश जानु राम्रो नभएको बताएका छन्। आज सदनमा सांसद भगवती चौधरीले सोधेको प्रश्‍नको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन्।

चौधरीले पछिल्लो समय युवाहरू विदेश जाँदा मुलुक युवाविहीन भएको भन्दै यसलाई रोक्न सरकारको के(के छ योजना भनेर प्रश्न गरेकी थिइन्।

त्यसपछि प्रधानमन्त्री ओलीले जवाफ दिँदै भने,‘मुलुक युवाविहीन भएको भन्नुभएको छ,मुलुक युवाविहीन होइन, ठूलो संख्यामा युवाहरू विदेश गएका हुन्,काम वा पढाएका लागि बाहिर गएका छन्,युवाहरू बाहिर जाने बाध्यता केही होला,देशको पढाइस्तर नराम्रो छैन,नयाँ पिढीलाई सुसूचित गर्नु जरुरी छ,यही अवसर छँदै छ,अवसर नहुँदा बेग्लै कुरा,अवसर हुँदाहुँदै बाहिर जाने प्रवृत्ति राम्रो होइन्,देशलाई माया गर्न नयाँ पिढीलाई सिकाउनुपर्छ।’

ओलीले यो प्रवृत्तिलाई रोक्न सरकार गम्भीर रहेको र त्यहीअनुसार विभिन्न कार्यक्रमहरू सरकारले ल्याएको बताए।

प्रकाशित मिति : ६ चैत्र २०८१ बिहिबार ००:००  १ : ५२ बजे