एजेन्सी ।आईसीसी टी–२० विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ । आज बिहान भएको ओमानसँगको खेल नामिबियाले सुपर ओभरमा जितेको हो । सुपर ओभरमा नामिबियाले तीन चौका र एक छक्का प्रहार गर्दै २१ रन बनाएको थियो । सुपर ओभरमा २२ रनको लक्ष्य पछ्याएको ओमानले एक विकेट गुमाएर मात्र १० रन जोडेपछि नामिबियाले खेल जितेको हो…