२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज साढे ३ घण्टा बन्द



तनहुँ ।

पृथ्वी राजमार्ग अन्तर्गतको आँबुखैरेनी–मुग्लिन सडकखण्ड साढे ३ घण्टाका लागि बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक सूचना जारी गर्दै आज बिहान साढे ६ बजेदेखि १० बजेसम्म उक्त खण्डमा सवारी आवागमन बन्द गरिएको जनाएको छ।

शुक्रबार ऐना पहरा नजिकै दुर्घटनामा परेको भारतीय बस निकाल्नका लागि सवारी आवागमन बन्द गर्न लागिएको प्रशासकीय अधिकृत मैताबहादुर गुरुङले जानकारी दिए।

दुर्घटनाग्रस्त बस निकाल्न ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले सवारी पूर्ण रूपमा बन्द गरिएको उनको भनाइ छ।

बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।

प्रकाशित मिति : १० भदौ २०८१ सोमबार ००:००  ८ : ०३ बजे