काठमाडौं ।आजदेखि मौसममा क्रमिक सुधार भएको छ । यतिबेला गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी परेको छ । दिउँसो काठमाण्डौ उपत्यकासहित पहाडी भेगका थोरै ठाउँमा र तराईका एक, दुई ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद चिरञ्जीवि भेटवालकाअनुसार हिजोजस्तो ठूलो पानी पर्ने सम्भावना भने छैन ।…