९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

हिमाली क्षेत्रमा खतराको घण्टी

रामबहादुर थापा, गण्डकी ।मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिम पहिरो खस्यो। हिम पहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढी गण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने। गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे। वीरेन्द्र हिमतालबारेका खबरले दिनभरजसो सञ्चारमाध्यममा राम्रो स्थान पाए। केही अनलाइन समाचार…