२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई ८ विकेटले हरायो



काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले चेन्नई सुपर किङग्सलाई ८ विकेटले हराएको छ । गएराति लखनउमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन बनायो । उसका रविन्द्र जडेजाले अविजित ५७ रन बनाए ।

जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेट गुमाएर भेट्टायो । डि कक र केएल राहुलले पहिलो विकेटका लागि १ सय ३४ रनको साझेदारी गरे । राहुलले ८२ रन तथा डि ककले ५४ रन जोडे । जितसँगै लखनउको ७ खेलमा ८ अङ्क भएको छ ।

लखनउ तालिकाको पाचौँ स्थानमा छ । समान ७ खेलमा ८ अङ्क नै रहेको चेन्नई तेस्रो स्थानमा छ । आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल बेलुका पौने ८ बजे दिल्लीमा शुरु हुनेछ ।

प्रकाशित मिति : ८ बैशाख २०८१ शनिबार ००:००  ७ : ४९ बजे