काठमाडौं ।आज माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ । शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो । जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारमा रहेका राप्रपाका मन्त्रीहरूले भने जनयुद्ध दिवस मनाउने निर्णयप्रति…