मायादेवी अनलाइन, तौलिहवा ।कपिलवस्तुमा अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइएको छ । कपिलवस्तु अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको उपस्थितिमा दिवस मनाइएको हो । दिवसको अवसरमा भाइरस लोड भएका विरामीसंग स्वास्थ्यकर्मीले अन्तरक्रिया कार्यक्रम राखेका थिए । कार्यक्रममा भाइरसले शरीरमा पार्ने प्रभाव र यसबाट बच्ने उपायबारे जानकारी गराइएको थियो । हरेक बर्ष ‘भ्यालेन्टाइन डे’को अघिल्लो दिन अन्तर्राष्ट्रिय कन्डम दिवस मनाइने गरिन्छ…