काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिनाथ क्षेत्र अनुगमन गरेका छन् । सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र सफा गर्न निर्देशन दिएका मन्त्री किरातीले आइतबार बिहान पशुपति क्षेत्र पुगेर अनुगमन गरेका हुन् । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यसहित पशुपति क्षेत्रमा विशेष सफाइ अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन…