काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज देशभर सार्वजनिक बिदा दिइएको छ । दुर्घटनामा जनधनको ठूलो क्षति भएको छ । उक्त दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकबाटै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरिएको छ । आज अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको…