काठमाण्डौ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । लामिछाने केहीबेरअघि रिहा भएका उनका कानुन व्यवसायी सरोज घिमिरेले जानकारी दिनुभयो । हिजो बिहीवार उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले सन्दीपलाई २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो…