काठमाण्डौ ।बर्खे धानबाली काटेर भिर्त्याइसकेका किसान धान बिक्री गर्दा उचित मूल्य नपाएको भन्दै निराश भएका छन् । मुख्य आम्दानी स्रोतका रूपमा रहेको बर्खे धानको न्यूनतम समर्थन मूल्य सरकारले गएको साउन महिनामा तोकेको भए पनि त्यसअनुसारको मूल्य पाउन नसकिरहेको किसानको गुनासो छ । सरकारले तोकेको मूल्यमा व्यापारीले धान किन्न नमान्दा आफूहरूले उचित मूल्य नपाएको कैलालीको गोदावरी…