काठमाण्डौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक जना खेलाडीको ज्यान गएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आजदेखि फेरि सञ्चालनमा आएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले विभिन्न ५ शर्तसहित देशभर प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो । प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाई खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाका उप(प्रबन्धक…