काठमाडौँ । असमान तलव वृद्धिका विरूद्धमा निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। अर्थ मन्त्रालयले बजेट घोषणा विपरीत असमान ढंगले उच्च तहको कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै देशैभरका नायव सुब्बा कर्मचारीले मंगलबार बिदामा बस्ने घोषणा गरेका हुन् । नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईका अनुसार असमान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश…