१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

पृथ्वी राजमार्ग अन्तर्गत गल्छी खण्डको ठाउँ ठाउँमा पहिरो

काठमाण्डौ । काठमाण्डौसँग जोडिएको पृथ्वी राजमार्ग अन्तर्गत गल्छी खण्डको ठाउँठाउँमा पहिरो गएको छ। पहिरोका कारण अहिले त्यस क्षेत्रमा एकतर्फी मात्रै गाडी चलिरहेको प्रहरीले जनाएको छ । धादिङको गल्छी गाउँपालिका ५ को बैरिनीमा गए राति गएको पहिरो हटाएर बिहान साढे ६ बजेदेखि एकतर्फी सडक खुलाइएको हो । दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।