३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

विवाह पञ्चमी महोत्सव आजदेखि, पहिलो दिन नगरदर्शन

धनुषा । जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। बिहीबारदेखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा शुरु हुँदैछ। जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल निर्माणसम्मका काम तीव्र गतिमा भइरहेको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ। मन्दिर वरपरका गल्ली, मठमन्दिरहरूमा पनि विद्युत्…