२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

मौसम सफा नभएसम्म उडान हुँदैन : क्यान

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले विमान प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा नभएसम्म जहाजहरूलाई उडानको अनुमति नदिने भएको छ । जहाज प्रस्थान गर्ने विमानस्थल र पुग्नुपर्ने विमानस्थलसहित इनरुट को मौसम सफा नभएसम्म जहाजहरूलाई उडान अनुमति नदिने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक प्रदीपकुमार अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो,…