१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बाँकेमा बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु



बाँके ।

बाँकेको बैजनाथ गाउँपालिका–१ मा आज बिहान बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय प्रकाश खड्काकी ४ वर्षीया छोरी प्रज्ञा रहेकी छिन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । नम्बर नखुलेको स्कुल बसले आज बिहान १० बजे बालिकालाई ठक्कर दिएको थियो ।

बससहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९ मंगलबार ००:००  ३ : ४७ बजे