काठमाडौं । आइतबारदेखि देशभर कक्षा १२ को परीक्षा सुरु भएको छ। परीक्षामा देशभरका एक हजार १०७ परीक्षाकेन्द्रबाट चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएका छन्। परीक्षा बिहान सातदेखि १० बजेसम्म सञ्चालित हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार उक्त परीक्षामा सबैभन्दा बढी परीक्षार्थी काठमाडौंबाट र सबैभन्दा कम मनाङ जिल्लाबाट रहेका छन्। काठमाडौंमा १२२ परीक्षाकेन्द्रबाट ६२ हजार…