२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

विद्यालय भर्ना अभियानलाई सफल बनाउन शिक्षामन्त्रीको आग्रह

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन सरोकारवाला सबैसँग आग्रह गर्नुभएको छ । सोमबार सार्वजनिक ‘अपिल’ जारी गर्दै उहाँले ज्ञानको ज्योति बाल्ने यस महान अभियानमा आ–आफ्नो स्थानबाट खुला हृदयले सरिक भई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार गर्न आम नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्नुभएको…