अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म वातानुकूलित, सुविधा सम्पन्न नेपाल भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामको लागि भारत जाने यात्रुहरु खुसी भएका छन् । पश्चिम नेपाल बस व्यवसायी प्रालिद्वारा सञ्चालन हुन लागेको बसको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो ।…