२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

पाल्पाको एक मतदान केन्द्रमा समानुपातिक मतपेटिका साटियो, खसेको ६८ मत रद्द

पाल्पा । पाल्पाको एक मतदान केन्द्रमा खसेको ६८ मत रद्द गरी पुनः मतदान सुरु गरिएको छ ।  तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा भएको मतदानमा सङ्घ र प्रदेशको समानुपातिकको मतपेटिका साटिएपछि खसेका ६८ मत रद्द गरी पुनः मतदान गरिएको हो । मतपेटिका साटिएको थाहा भएपछि भएको विवादले केही बेर मतदान प्रक्रियासमेत रोकिएको थियो ।…