११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

बबईमा बगेका पुरूषको शव भेटियो

दाङ । दाङको बबई नदी तर्ने क्रममा बगेर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ का ५१ वर्षीय इन्द्रबहादुर चौधरीको शनिबार बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। उनी शुक्रबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बाट नदी पार गर्दै थिए। त्यसक्रममा उनलाई नदीले बगाएको थियो।…