बाँके ।बाँकेमा लागूऔषध मुद्दामा फरार रहेका दुई जना अभियुक्त पक्राउ परेका छन् । नौ वर्ष बढी कैद सजाय तोकिएका कोहलपुर नगरपालिका–१५ बस्ने ३२ वर्षका अजयकुमार चौधरी र लागू औषध मुद्दामा नै २८ दिन कैद सजाय तोकिएका कोहलपुर नगरपालिका १० का २० वर्षका सुदिप चौधरीलाइ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो…