दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला दुई महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघले उठाएका आंशिक मागहरु सम्बोधन भएपछि बैशाख १९ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला आइतबार मात्र खोलिएको हो । आन्दोलनरत पक्ष नेविसंघले विश्वविद्यालयमा लगाएको ताला आंशिक रुपमा मात्र खोलेको छ । विश्वविद्यालयको मूलगेट र प्रशासन शाखामा झुण्डिएको ताला खोलिए पनि…