१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

बुटवलको प्लान बी डान्स क्लबमा आगलागी

बुटवल । बुटवलको प्लान बी डान्स क्लबमा आगलागी भएको छ । बुटवल स्थित सिद्धार्थ कटेज नजिकै निर्माणधिन डान्ससिङ्ग क्लबमा केही समय अघिदेखि आगलागी भएको हो । आगो नियन्त्रणका लागि अहिले बुटवल उपमहानगरपालिको दमकल आइसकेको र तिलोत्तमा, देवदह र सैनामैनाका दमलक पनि आउँदै गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठग बहादुर केसीले बताए ।