दाङ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै मानवअधिकारकर्मीले तुलसीपुरमा प्रदर्शन गरेका छन् । ७३ औं अन्तरराष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा शुक्रबार मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले आयोजना गरेको अनैतिक प्रधानन्यायाधीश जबराको शीघ्र राजीनामा र बहिर्गमनको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नागरिक समाज दाङका सल्लाहकार टीकाराम रेग्मीले प्रधानन्यायाधीश…