दाङ । रूकुम पश्चिमको आठबिसकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। उनकी श्रीमती गम्भीर घाइते भएकी छन्। आठबिसकोट नगरपालिकाको वडा नं. ७ औल नजिक भित्री सडकमा शुक्रबार राति १ बजेतिर ट्याक्टर दुर्घटना हुँदा स्थानीय चालक २५ वर्षीय करण नेपालीको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कपिलजंग…