१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

बुटवलको ज्योतिनगरमा पहिरोले ७ घर पुरिए

बुटवल । अविरल वर्षासँगै खसेको पहिरोले रूपन्देहीको बुटवलमा ७ वटा घर पुरिएका छन्। बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ८ घर पुरिनुका साथै ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। वर्षासँगै पहिरो निरन्तर बगिरहेकोले स्थानीय त्रसित छन्। पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र…