३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

बर्दियामा मान्छे खाने बाघ समातियो

बर्दिया ।बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले आइतबार नै अर्को पाटेबाघ नियन्त्रणमा लिएको छ । निकुञ्जभित्र आइतबार बेलुका गैँडा गणनामा खटिएका हात्तीका माहुतेलाई मार्ने पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले निकुञ्जभित्र पर्ने गैँडा मचान क्षेत्रबाट माहुतेलाई आक्रमण गरेलगत्तै पाटेबाघ नियन्त्रणमा लिएको निकुञ्जका साहायक संरक्षण अधिकृत अशिम…