तानसेन । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ४६ प्रतिशत काम सम्पन्न भएको छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा २०७८ फागुनदेखि सुरुङ निर्माणको काम सुरु भएको हो । एक हजार १२६ मिटर लामो मुख्य सुरुङमार्ग र ४४० मिटर बाइपास सुरुङमार्ग छिचोलिएपछि मुख्य सुरुङमा ‘लाइनिङ’ को काम भइरहेको आयोजना पक्षले जनाएको छ । मुख्य र बाइपास सुरुङ छिचोलिएपछि त्यसलाई पूर्णता…