बुटवल ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका विकास गाउँ केन्द्रित भइरहँदा मानिसहरू सहर केन्द्रित हुने अवस्थालाई सुधार गर्न ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताएका छन्। तीन तहका सरकारले गाउँ केन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधाहरू पुर्याइरहेको सन्दर्भ केलाउँदै मुख्यमन्त्री आचार्यले सहर केन्द्रित भएकाहरू अव गाउँ फर्कन जरुरी रहेको बताए । अर्घाखाँचीको मालारानी गाउँपालिका–२…