मायादेवी अनलाइन, कृष्णनगर । कपिलवस्तुमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । जिल्लाको कृष्णनगर नगरपालिका ९ बहादुरगंजमा बसले ठक्कर जगराम कहाँरको मृत्यु भएको हो । ३५ बर्षीय कहाँरको निधन भएपछि घटनाको विरोध स्वरुप स्थानीयले चन्द्रौटा–कृष्णनगर सडकखण्ड अहिले अवरुद्ध पारेका छन् । उनी डिहवा गाउँका हुन् । बहादुरगञ्ज बजारबाट तरकारी लिएर घर फर्किदै गर्दा बसले…