तानसेन । पाल्पाको माथाँगढी गाउँपालिकाले गर्भवती महिलालाई घर–घरमा एम्वुलेन्स र स्वास्थ्यकर्मी खटाउने भएको छ । आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा कार्यक्रम समावेश गरिएको छ । घरबाट स्वास्थ्य चौकीको बर्थिङ सेन्टरसम्म गर्भवती महिलालाई एम्वुलेन्सबाट गाउँपालिकाले सेवा प्रदान गर्ने छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेका जटिल गर्भवती महिलालाई तानसेनका अस्पतालसम्म गाउँपालिकाकै एम्वुलेन्सले र्पुयाउने छ । गाउँपालिकाको…