६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

गएराती रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

रोल्पा । रोल्पामा ट्याक्टर पल्टिँदा दुईजनाको ज्यान गएको छ । बुधबार बेलुकी माडी गाउँपालिका १ धारावाङमा रा १ त १५०७ नम्बरको ट्याक्टर पल्टिँदा चालक दाङ तुलसीपुर उपमहानगरपालिका ७ का २९ वर्षका आशाराम थारु र परिचालक रोल्पा गंगादेव गाउँपालिका १ का १६ वर्षका डम्बर ओलीको ज्यान गएको प्रहरीले जनाएको छ ।