२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

रोल्पामा चट्याङ लागेर महिलाको मृत्यु



दाङ ।

रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको त्रिवेणी गाउँपालिका – ५ हाङजावाङकी ४२ बर्षीया चन्द्रकला वलीको चट्याङ लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मंगलबार दिउँसो छिमेकीको गाइ गोठमा बसिरहेको समयमा चट्याङ लागेर वलीको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पुर्‍याइएको छ ।
त्यस्तै चट्याङ लागेर इलाका प्रहरी कार्यालय खुँग्रीमा सञ्चार साधानमा क्षति पुगेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८१ बुधबार ००:००  ९ : १७ बजे