चितवन ।तिहार नजिकिँदै जाँदा चितवनमा सयपत्री फूल तयार भएका छन्। यहाँका बारीमा सयपत्री फूल ढकमक्क फुलेका छन्, तिहारको पर्खाइमा । अबको दुईरतीन दिनमा फूल टिप्ने तरखरमा छन्, यहाँका किसान। सयपत्री फूलखेतीमा पछिल्ला वर्ष युवा पुस्ताको आकर्षण पनि बढ्दै गएको छ । सप्तरी राजविराजका शशन देवकोटाले भरतपुर महानगरपालिका-५ समीचोकमा पाँच कट्ठा जमिनमा सयपत्री फूलखेती गरेका छन्…