मायादेवी अनलाइन, बुद्धभूमि । जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण खनालले स्थानीय सरकारले जनताका भावनालाई समेटर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । स्थानीय सरकारमा उपलब्ध स्रोतसाधनको सही सदुपयोग गरेर जनताको भावना जित्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाल स्काउट जिल्ला कार्यालय कपिलवस्तुको समन्वय र बुद्धभूमि नगरपालिकाको आयोजनामा बुद्धभूमि नगरपालिका वडा नं. १ टिक्करमा…