काठमाडौं । उपप्रधान, कानुन तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्। यादव सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालय पुगेका हुन्। उनलाई कर्मचारीले स्वागत गरेका थिए। यादवले मन्त्रिमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भएको प्रतिक्रिया दिएका छन्। कानुन मन्त्रालयको जिम्मेवारीले आफूलाई थप अनुभवी बनाउने उनले बताए। ‘प्रधानमन्त्रीले सबैतिर अनुभव होस् भनेर मलाई…